
काठमाडौं । बुधबार सुनको मूल्यमा ६ सय रुपैयाँले कमी आएको छ ।
मंगलबार तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला ६ सय रुपैयाँले कमी आउँदा प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसदिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १७ सय ६१ दशमलव ५७ डलरमा र चाँदी प्रतिऔंस २५ दशमलव ८६ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्