२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आईसीसी वरीयतामा नेपालका चार खेलाडी, कुशल भुर्तेलको वरीयता सुधार


0
Shares

काठमाडौं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) को पछिल्लो टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् ।

नयाँ वरीयतामा नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए ।

कुशल बंगलादेशका शकिब अल हसन भन्दा अघि रहेका छन् । घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन् ।

वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८ औं स्थानमा यथावत हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ९२ औं स्थानमा रहेका छन् । उनको दुई स्थान सुधार भएको हो ।

बलिङतर्फको वरीयतामा नेपालका सन्दीप लामिछाने ७६ औं स्थानमा यथावत छन् । नेपाल टी–ट्वान्टी वरीयताको १३ औं स्थानमा रहेको छ ।