
एजेन्सी । १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो ।
यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठूला टीम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।
अन्तिम आठका खेलहरू शुक्रबारबाट सुरु हुनेछ । शुक्रबार हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन खेल्नेछन् भने सोही दिनको दोस्रो खेलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।
शनिबारको पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्दा सोही दिनको दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्