
काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीमध्ये ४ सय वटा गाडी र ६ सय ४४ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६९ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ४१ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेतलाई तीव्रता दिइएको नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्