२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोकमा लगातार वर्षा, मेलम्चीलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा हिजो देखि नै लगातार वर्षाा भइरहेको छ । शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

तसर्थ मेलम्ची र अन्य खहरे खोलाका आसपास रहने मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।