
झापा । समयमै मनसुन सुरू भएका कारण यस वर्ष झापामा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार समयमा नै मनसुन सुरू भएका कारण असार १ गतेबाट नै कृषकले धान रोपाइँ थालेका हुन् ।
जिल्लामा ८७ हजार ५ सय हेक्टरमा धान खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा चार लाख ११ हजार २ सय ५० मेट्रिकटन धान उत्पादन भएको थियो ।
गत आर्थिक वर्ष झापामा सात प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।
यो वर्ष पनि समयमा नै धान रोपाइँ सुुरू भएकाले धान उत्पादन बढ्ने अनुमान गरिएको छ । झापा नेपालकै धेरै धान उत्पादन गर्ने जिल्लामध्येमा पदर्छ ।
झापामा चैते धान उत्पादनको क्षेत्रसमेत बढेको छ । यस वर्ष झापामा १९ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्