१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


शीर्ष वरियताका जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश


0
Shares

एजेन्सी । शिर्ष वरियताका टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

लण्डनमा गएराति भएको दोस्रो चरणको खेलमा दक्षिण अफ्रिकाका केभिन एण्डर्सनलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा ठाउँ बनाएका हुन् ।

साविक विजेता जोकोभिचले एन्डर्सन विरुद्धको खेल ६–३, ६–३ र ६–३ को सोझो सेटमा जिते । पाँच पटकका विम्बल्डन च्याम्पियन जोकोभिच घाँसे कोर्टमा छैटौं तथा समग्रमा करियरको २० औं ग्राण्ड स्लाम उपाधि जित्ने अभियानमा छन् ।

विम्बल्डनको उपाधि जितेको खण्डमा जोकोभिचले सर्वाधिक ग्राण्ड स्लाम जित्ने खेलाडीहरुको सूचीमा अग्र स्थानमा रहेका रोजर फेडेरर र रफाइल नदाललाई भेट्नेछन् । फेडेरर र नदालले २०÷२० पटक ग्राण्ड स्लाम जितेका छन् ।