
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड बन्द भएको छ ।
यो सडक खण्डमा हरेक दिन पहिरो खस्ने गरेको छ । यस्तै, पहिरोका कारण काठमाडौं र हेटौंडा जोड्ने सडक पनि बन्द भएको छ ।
त्यसैगरी कास्कीको घाँसीकुवामा पहिरो खसेपछि पोखरा–घाँसीकुवा सडक खण्ड ठप्प रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो पन्छाउने प्रयास भइरहेको छ ।
राष्ट्रिय राजमार्गका विभिन्न ११ वटा ठाउँमा अझै सडक खुल्न नसकेको सडक विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्