
फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।
तयारी नपुगेको भन्दै स्थगित गरिएको बैठक शुक्रबार बस्ने जनाइएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्