२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बार्सिलोनासँग मेसीको सम्झौता सकियो, कुनै पनि क्लबमा अनुबन्ध हुन स्वतन्त्र


0
Shares

एजेन्सी । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको बार्सिलोनासँगको सम्झौता सकिएको छ । मेसीको गएरातिबाट बार्सासँगको सम्झौता सकिएको हो । मेसी अब कुनै पनि क्लबमा जान स्वतन्त्र हुनेछन् ।

मेसीलाई किन्नका लागि युरोपका धनी क्लब म्यान्चेस्टर सिटीदेखि पेरिस सेन्ट जर्मेनले रुचि देखाएका छन् । बार्सिलोनाको एकेडेमीबाट आएका मेसीले आफ्नो अहिलेसम्मको करियर क्लबमै बिताएका थिए । तर, पछिल्लो समय कुनै पनि ठूला प्रतियोगिता जित्ने योजना बन्न नसकेपछि मेसी क्लबसँग असन्तुष्ट थिए ।

मेसीले गत सिजननै पहिलो पटक क्लब छाड्ने निर्णय गरेका थिए । तर, सम्झौताको बुँदा देखाउँदै क्लबले उनलाई रोकेको थियो । बार्साले आगामी दुई वर्षका लागि मेसीसँग सम्झौता गर्ने भनिए पनि सम्झौता हुन सकेन । अब मेसी निःशुल्क रूपमा कुनै पनि क्लबमा अनुबन्ध हुन सक्नेछन् ।