
एजेन्सी । युरोपमा कोरोना भाइरसको संक्रमणको नयाँ लहर सुरु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार झण्डै दुई महिनापछि युरोपमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ ।
संक्रमितको संख्या बढ्दै जाँदा फेरि अर्को चरणको महामारी सुरु हुनसक्नेतर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले संक्रमितको संख्यामा वृद्धि भएको हो ।
युरोपेली देशहरुमा भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको छ । युरोपेली देशहरुमा अहिलेसम्म औसतमा २४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्