
तनहुँ । मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरोमा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिरोले १० बाख्रा र एक भैँसी मरेको छ ।
त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिरोले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्