
काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।
गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ ।
यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, लाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।
प्रतिक्रिया दिनुहोस्