१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असारे विकासले सडक भासिएको भन्दै देवचुलीका स्थानीयको विरोध


0
Shares

नवलपुर । असारे विकासले सडक भासिएको भन्दै देवचुलीका स्थानीय विरोधमा उत्रिएका छन् ।

गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भत्केको एक वर्ष पुग्न लाग्दासमेत निर्माण हुन नसकेपछि स्थानीयले विरोध जनाएका हुन् ।

निर्माण भएको तीन महिना पनि नपुग्दै भासिएको सडक एक वर्ष पुग्न लाग्दासमेत मर्मत भएको छैन । सडक निर्माणको क्रममा बनाइएको पर्खाल कमसल भएर सडक भासिएको स्थानीयको आरोप छ । जुनतारा कन्ट्रक्सनले सडक निर्माणको जिम्मा पाएको थियो ।

देवचुली–४ का वडा अध्यक्ष गिरबहादुर थापाले सडक निर्माणको जिम्मा पाउनुभएको थियो । तर, उहाँले जुनतारा कन्ट्रक्सनलाई सडक निर्माण गर्न लगाउनुभएको थियो । कम्पनीले निर्माण नगरेपयछि सडक अलपत्र परेको वडाध्यक्ष थापाको भनाइ छ ।