
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले भेट गर्न नचाहेको बताउनुभएको छ ।
शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ओलीले भेट गर्न चाहँदा पनि भेट गर्न नमानेको बताउनुभयो ।
नेपाललाई ओलीले बिहीबार बेलुकी टेलिफोन गर्नुभएको थियो । आफूले भेट्नका लागि आग्रह गर्दा नेपालले नमानेले प्रसङ्ग ओलीले केन्द्रीय कमिटी बैठकमा जानकारी गराउनुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्