१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कश्मीरमा मुठभेड, जिल्ला कमाण्डरसहित ५ चरमपन्थी मारिए


0
Shares

एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित पुलवामा जिल्लामा भएको मुठभेडमा पाँच चरमपन्थीको मृत्यु भएको छ ।

लश्कर ए–तैयबा नामक चरमपन्थी संगठनको जिल्ला कमाण्डर निशाज लोन खिताबसहित पाँच जनाको मृत्यु भएको कश्मीर जो प्रहरीले जानकारी दिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुठभेडमा एक सेनाका जवानको पनि मृत्यु भएको छ ।