१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानिस्तानबाट अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने


0
Shares

एजेन्सी । अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् ।

अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसक्नु भएको छ ।

अमेरिकी सेना फिर्ता हुने भएसँगै तालिवानीसम्वद्ध विद्रोही लडाकूका गतिविधिहरु बढ्दै गएका छन् । राजधानी काबुललगायतक स्थानमा तालिवानी लडाकू अफगान सरकारको मुख्य चुनौती रहेको छ ।

१९९० को दशकदेखि नै तालिवानी लडाकूले सो क्षेत्र नियन्त्रणको प्रयास गरेको बताइएको छ । तर अमेरिकी सेनाको कारवाहीका कारण विद्रोहीको प्रयास सफल हुन भएको छैन ।

तर अब अमेरिकी सेना फिर्ताको अन्तिम तयारीमा रहेसँगै तालिवानी लडाकूका गतिविधि हिंसात्मक हुनसक्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । हाल अफगानिस्तामा करिब तीन हजार अमेरिकी सेना कार्यरत रहेको बताइएको छ ।