२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


तेह्रथुममा बाढीले निर्माणाधिन पुल बगायो


0
Shares

तेह्रथुम । पुष्पलाल राजमार्ग अन्र्तगत तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँ पालिका जोड्ने खोरुङगा खोलाको निर्माणाधिन मोटोरेबल पुल बढीले बगाएको छ ।

अबिरल परेको वर्षासँगै आएको बाढीले सट्रिङका लागि यहाँ राखिएको फलामका पिल्लर बगाएको हो । २०७३ सालमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता अनुसार काम नगर्दा बिगत ६ वर्षदेखि अलपत्र पुल निर्माणको अन्तिम चरणमा पु¥याएको थियो ।

आर्थिक वर्ष २०७२/०७३ मा ४ करोड ९६ लाख रुपैयाँमा ३५ मिटर पुल निर्माणको जिम्मा दिइएको थियो । असार मसान्तसम्ममा पुलको ढलान सक्काउने तयारी रहेको निर्माण कम्पनी सप्तकोसी जलधार निर्माण सेवाले जनाएको छ ।