१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तकोशी नदी (अपडेट) : २९ ढोका खुल्ला, ४० ढोका खोल्न भारतद्वारा अस्वीकार


0
Shares

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।

आज बिहान ९ बजे सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २२१४७५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि २९ ढोका खुल्ला गरिएको छ । प्रजिअ ढकालले ४० ढोका खोल्न अनुरोध गर्दा समेत भारतले ढोका खोल्न मानेको छैन ।