
तस्विर फाइल
हेटौंडा । तीन दिनदेखि परेको अविरल वर्षापछि गएकाे पहिराेका कारण हेटौंडाबाट काठमाडौं जाने चार वटै सडक अवरुद्ध भएका छन् ।
भीमफेदी–कुलेखानी सडक, त्रिभुवन राजपथ, कान्तिलोकपथ र मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको हो ।
चारवटै सडकका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध भएपछि सवारीका साधन जाम भएका छन् ।
निरन्तर वर्षा भइरहेकोले पहिरो पन्छाउन पनि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्