१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा


0
Shares

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको करिब ५० मिनेटको समय ब्राजिलले १० खेलाडीमा सिमिति बनेर खेलेको थियो । ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ ।
शनिबारको पहिलो क्वार्टरफाईनलको खेलमा पेरुसंग पाराग्वे स्तब्ध बन्यो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा पेरुले ४–३ ले बाजी मार्यो ।
क्वार्टरफाईनलको अन्य खेलमा उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडर भिड्नेछन् ।