१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रौतहट र सुनसरीका अधिकांश स्थान डुवानमा


0
Shares

रौतहट÷सुनसरी । निरन्तरको वर्षाले रौतहट र सुनसरीका अधिकांश स्थान डुवानमा परेका छन् ।

रौतहटको गौर, चन्द्रपुर लगायत १८ वटै स्थानीय तहको अधिकांश भाग डुवानमा परेको छ । प्राचिनकालिन कुलो मासिएको कारण बस्तीका बासिन्दाको घर डुबेको छ । डुवानमा परेका घरका परिवारको अन्न, लताकपडा भिजेको छ भने चौपाया वस्तुको समेत विजोग भएको छ ।

चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ र ५ मा रहेको मुस्लिम बस्ती पूरै डुवानमा परेको छ । पानीको निकास बन्द नहुदा चन्द्रपुर नगरपालिकाको मुख्य सडकमा नदी झैँ पानी बगो छन् । सडक क्षेत्रको नालीको सरसफाइ नगर्दा वर्षेनी बस्ती नै डुवानमा पर्दै आएको छ ।

त्यस्तै, लगातारको वर्षातका कारण सुनसरीका पनि अधिकांश स्थान डुवानमा परेका छन् । जिल्लाका इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, हरिनगरा गाउँपालिका, भोक्राहा नर्सिङ गाउँपालिकाका दर्जनौँ बस्ती डुवानमा परेको छ । बस्तीको पानी खोलामा निकास नभएका कारण सयौँ घरपरिवार डुवानमा परेका छन् ।

सुनसरीका हालसम्म १७ घरपरिवार बाढीका कारण विस्तापित भएको र पाँच सय बढी घर डुवानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ । उहाँले सर्वसाधारणको सुरक्षाका लागि एक हजार भन्दा बढी नेपाली सेजा, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका जानकारी दिनुभएको छ ।