१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण हुँदै, मुख्यमन्त्रीद्वारा शिलान्यास


0
Shares

हेटौंडा । मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि तरकारी तथा थोक बजार निर्माण हुने भएको छ । बजारको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हेटांैडा उपमहानगर पालिकाको संयुक्त लगानीमा वडा नम्बर–११ थाना भरयाङ्गमा बजार निर्माण हुन लागेको हो । बजार शिलान्यास गर्दै पौडेलले कृषि क्षेत्रको उत्पादनको क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, प्रशोधन गरी प्याकिंग गर्न शितभण्डारको व्यवस्थालाई व्यवस्थित गर्न कृषि थोक बजार आवश्यक रहेको बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा बजार निर्माण हुन लागेको हो । तरकारी खेतीलाई समय सापेक्ष विकास गर्न बजारीकरण गरी कृषकहरुको उन्नतिमा योगदान पु¥याउने उद्देश्यले कृषि थोक बजारको निर्माण गरीएको हो ।