१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


युरोकपमा क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै


0
Shares

एजेन्सी । युरोकप फुटबलमा आज राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

पौने १० बजे हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्दैछन् । उनीहरूबीचको खेल अजरबैजानको बाकुमा हुँदैछ ।

चेक रिपब्लिक र डेनमार्क दुवै टीम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा डेनमार्कले वेल्सलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

यसैगरी, राति पौने १ बजे हुने खेलमा इंग्ल्यान्ड र युक्रेन भिड्दैछन् । यी दुईबीचको खेल इटालीको रोममा हुनेछ । इंग्ल्यान्ड उपाधि दाबेदार मानिएको जर्मनीलाई पराजित गर्दा युक्रेनले स्विडेनलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

गएराति भएको खेलमा बेल्जियम र स्विट्जरल्यान्डलाई हराउँदै इटाली र स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् ।