
फाइल तस्वीर
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–१२ मान्तीमा पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ ।
लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका जिल्ला जाने र काठमाडौं आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
पानी परिरहेको र लेदो माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन नसकिएको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । पानी पर्न कम हुनासाथ पहिरो पन्छाउने स्काभेटर तयारी अवस्थामा राखेको खत्रीले बताउनुभयो ।
यसैबीच काभ्रेको धुलिखेल नगरपालिका–११ फस्कोटमा खसेको पहिरोले ३ घर जोखिममा परेका छन् । जोखिममा परेका घरका सदस्यहरूलाई धुलिखेलस्थित कालिजङ्ग गणका सेना र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।
प्रतिक्रिया दिनुहोस्