
सञ्जय कार्की
रौतहट । रौतहटको चार गाउँमा जङ्गली हातीको प्रवेशले स्थानीय आतंकित बनेका छन् ।
शनिबार बिहान जङ्गलबाट करिब ३० किलोमिटर दक्षिणको गरुडा नगरपालिकाको शिवनगर, देवाहीगोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिकाको सखुअवा र मिठुअवा सहितको गाउँमा जङ्गली हातीको प्रवेश गरेपटि स्थानीय आतंकित बनेका हुन् ।
हाती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि नियन्त्रणमा लिन सकिएको छैन ।
जङ्गली हातीले गरुडा नगरपालिकाको शिवनगर र माधवनारायण नगरपालिको मिठुअवामा दुई घर भत्काएको छ । स्थानीयको धानको भकारी जङ्गली हातीले भत्काएको छ । अविरल वर्षा भएसँगै जङ्गली हाती गाउँ पसेको हो ।
प्रतिक्रिया दिनुहोस्