
श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेशसभाको बैठकले एउटा विधेयक पारित गरेको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । अर्थ तथा विकास समितिले गरेको निर्णयसहितको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन विधेयक छलफलका लागि ३ वटा विधेयक माथि छलफल भएको छ ।
बैठकमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका स्वीकृति प्रदान गरेको छ ।
दुईवटै विधेयकमाथि प्रदेशसभामा छलफलका लागि पेश गरिएको थियो । छलफलमा दलगत रूपमा प्रदेशसभाका सदस्यहरू सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्