
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ३७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय २७ र ४ हजार २ सय ९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय १ जना गरी २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन भने १९ जनाको मृत्यु भएको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्