
फाइल तस्वीर
काठमाडौं । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेको भलिबल टिमबाट ९ खेलाडी बाहिरिएका छन् । पहिलो चरणको बन्द प्रशिक्षणपछि २७ खेलाडीबाट ९ खेलाडी बाहिरिएका हुन् ।
नेपाल भलिबल संघले दोस्रो चरणमा ९ खेलाडी टिम बाहिर राख्दै १८ सदस्यीय टिमको छनोट गरेको हो । फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपका लागि नेपाली टिमले असार १ बाट प्रशिक्षण सुरु गरेको थियो । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुँदैछ ।
प्रतियोगितामा नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान, हङकङले सहभागिता जनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्