
एजेन्सी । भारतीय जनता पार्टीका सांसद पुष्करसिंह धामी नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यका नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
मुख्यमन्त्री तीर्थसिंह रावतले राजीनामा दिएपछि शनिबार विधायक दलको बैठकले उहाँको नाम सिफारिश गरेको हो । विद्यार्थी जीवनदेखि सक्रिय राजनीतिमा लागेका धामी अखिल भारतीय विद्यार्थी परिषद्का विभिन्न पदमा कार्यरत हुनुहुन्थ्यो ।
पछि धामीलाई दुईपटक भारतीय जनता युवा मोर्चाको प्रदेश अध्यक्ष पनि बनाइएको थियो । उत्तराखण्ड राज्य गठन भएपछि २००२ सम्म उहाँले राज्यको मुख्यमन्त्रीको सल्लाहकारको रूपमासमेत काम गर्नुभएको थियो ।
यता, कांग्रेस पार्टीका प्रवक्ता रणदीप सिंह सुरजेवालाले उत्तराखण्डमा भाजपाले खेलौना जसरी मुख्यमन्त्री परिवर्तन गरेको आरोप लगाएको छ । यसअघि उत्तराखण्डमा भाजपाले तीनपटक मुख्यमन्त्री परिवर्तन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्