१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवरुद्ध वीपी राजमार्ग एकतर्फी सञ्चालन


0
Shares

सिन्धुली । बिहानैदेखि अवरुद्ध वीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

रोशी गाउँपालिकास्थित सडक खण्डमा आएको पहिरो पन्छाएसँगै राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । रोशी खोलाको बाढीले ल्याएको लेदो फालेर एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

काभ्रे र सिन्धुलीको सीमा रहेको काल्ढुङ्गा भ्याकुरे खहरे खोला र माम्ती खोला बढेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा राजधानीबाट पूर्व हिँडेका सवारी र पूर्वबाट धुलिखेलतर्फ आउने सवारी बाटोमै रोकिएका थिए । एकतर्फी सडक खुलेपछि विस्तारै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।