
एजेन्सी । अफगानिस्तानको बदख्वाशां प्रान्तमा अफगानी सेना र तालीवानी बिद्रोहीबीच भएको भिडन्तमा २० जना तालावानी बिद्रोही मारिएका छन् ।
भिडन्तमा ३ जना अफगानी सेनाको पनि मृत्यु भएको छ भने पाँच सुरक्षाकर्मी र दश जना आतंककारी घाइते भएका छन् ।
फगानिस्तानबाट अमेरिकी र एटलान्टिक सहयोग संगठन नेटोका सेना फिर्ता भएसंगै तालीवानी बिद्रोहीले अफगानिस्तानका बिभिन्न क्षेत्रमा आतंकबादी हमलालाई तीब्रता दिएको छ ।
सोही क्रममा बदख्वाशां प्रान्तमा बिभिन्न आतंकबादी घटना गर्दै आएका तालीवानी बिद्रोहीमाथि अफगानी सेनाले कारबाही गर्दा उक्त दुर्घटना भएको हो ।
यसअघि २० बर्षपछी अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता हुन थालेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको योजना अनुसार अफगानिस्ताबाट आगामी सेप्टेम्बर ११ सम्ममा सबै सेना फिर्ता हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्