
एजेन्सी । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको खेलमा कोलम्बियाले उरुवेलाई टाई ब्रकेरमा पाखा लगायो ।
निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटमा गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रकेरमा कोलम्बिया ४–२ ले विजयी भयो ।
कोलम्बियाले अब सेमिफईनलमा अर्जेन्टिना वा इक्वेडरमध्ये एक टोलीसँग खेल्नेछ । यी दुई टोलीबिचको क्वाटरफाईनल खेल अहिले भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्