
रौतहट । वर्षाले रौतहटका अधिकांश भुभाग जलमग्न भएको छ । लगातारको बर्षाको कारण गौर, चन्द्रपुर लगायत १८ वटै स्थानियतहको अधिकांश भाग डुवानमा परेको हो ।
प्राचिनकालिन कुलो मासिएको कारण बस्तिका बासिन्दाको घर डुबेको छ । डुवानमा परेका घरका परिबारको अन्न, लताकपडा, सबै भिजेको छ भने चौपाया बस्तुको समेत बिजोग भएको छ ।
चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ र ५ मा रहेको मुस्लिम बस्ति पुरै डुवानमा परेको छ । पानीको निकास बन्द नहुदा चन्द्रपुर नगरपालिकाको मुख्य सडक बाटनै नदि झै पानी बगेको छ ।
रौतहट जिल्लामा दुई सय बढी घर डुवानमा परेका छन् । सडक क्षेत्रको नालीको सरसफाइ नगरिँदा बर्षा हुँदा बस्तिनै डुवानमा पर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्