
एजेन्सी । इण्डोनेसियामा कडा लकडाउनमा समेत कोरोना संक्रमितको संख्या नघटेपछी खोप अभियानलाई तिब्रता दिईएको छ ।
खोप आयातमा कमी हुनु र खोपका बारेमा जनचेतना अभावका कारण त्यहाँ खोप अभियान सुस्त हुँदै गएको छ ।
इन्डिोनेशियामा खोपको दोश्रो मात्रा लगाएका केही ब्यक्तिहरुको समेत मृत्यु भएपछि अधिकांश सर्वसाधारणले खोप लगाउन मानेका छैनन् ।
यसअघि कोरोनाको डेल्टा भेरिएन्ट तीब्र गतिमा फैलिएपछि दुई साताका लागि लकडाउन घोषणा गरिएको थियो ।
लकडाउनकाबीच कोरोना संक्रमितको संख्या बढेर दैनिक २० हजार माथि पुगेको छ ।
मृतकको संख्या दिनानुदिन बढेकाले शव ब्यबस्थापनमा समेत कठिनाई हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्