५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


क्यारेबियन मुलुकमा आँधी, तीन जनाको मृत्यु


0
Shares

एजेन्सी । क्यारेबियन मुलुक हाइटी र डोमनिक रिपब्लिकमा आएको आँधीमा ३ जनाको मृत्यु भएको छ ।

एल्सा नाम दिइएको सो आँधीका कारण हाइटीमा एकजना र डोमनिक रिपब्लिकमा २ जनाको मृत्यु भएको हो ।

वर्षापछि आएको आँधीले अधिकांश घरका छानाहरु उडेपछि सयौं सर्वसाधारण विस्थापित भएका छन् । तुफानका कारण बिजुलीका पोल र रुख ढलेसँगै यातायात सेवा अवरुद्ध भएको छ ।

जमेकाबाट १ सय ७५ किलोमिटर टाढा केन्द्रबिन्दु रहेको तुफान प्रत्येक घण्टा २८ किलोमिटरको दरले आएको बताइएको छ ।

हाइटी प्रवेश गर्नुअघि यो आँधीले बारबाडोसमा ११ सय घरमा क्षति पु¥याएको थियो । यो आँधी बिस्तारै क्युवातर्फ अघि सरेको हाइटीका मौसम बिदहरुले बताएका छन् ।