
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ । गत साताबाट प्रारम्भिक चरणको बन्द प्रशिक्षण सुरु गर्ने भनिएपनि खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको थियो ।
हिजोबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाउनुभएको छ ।
आसन्न साफ च्याम्पियनसिप फुटबल र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको खेलका लागि राष्ट्रिय टोली छनौट गर्न प्रारम्भिक चरणको बन्द प्रशिक्षण थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्