
एजेन्सी । इंग्लीश प्रिमियर क्लब क्रिष्टल प्यालेसले फ्रान्सका प्याट्रिक भिएरालाई प्रशिक्षक नियुक्त गरेको छ ।
गत मे १८ तारिखमा रोय हड्सनले प्रशिक्षकको पद त्यागेको घोषणा गरेपछि क्रिष्टल प्यालेसले नयाँ प्रशिक्षकको खोजी गरिरहेको थियो ।
लामो प्रक्रियापछि प्यालेसले ४५ वर्षिय भिएरालाई तिन वर्षको लागि प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । फ्रेन्च राष्ट्रिय टोलीका पुर्व कप्तान भिएरा खेलाडीको रुपमा अत्यन्तै सफल थिए ।
भिएराले सन् १९९६ देखि २००५ सम्म प्रिमियर क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेल्दै ७ वटा मेजर उपाधि जितेका थिए । प्रशिक्षकको रुपमा भने उनको वास्तविक परिक्षा आगामि सिजनको प्रिमियर लिगमा हुने भएको छ ।
भिएराले यसअघि फ्रान्सको निस, अमेरिकाको न्यु योर्क सिटी फुटबल क्लब र इंग्ल्याण्डको म्यान्चेस्टर सिटीको युवा टिमको प्रशिक्षकको रपमा काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्