१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तामाकोशी जलबिद्युत आयोजनाकाे उद्घाटन प्रधानमन्त्री ओलीले आज बालुवाटारबाट गर्दै


0
Shares

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ ।

कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुहुने छ । ६ वटा युनिट रहेको आयोजनाको हरेक युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।

आयोजनाले हिजो विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ ।

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । माथिल्लो तामाकोशी स्वदेशी लगानीमा बनेको हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।