१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कोभिडबाट निधन भएका परिवारलाई तुल्सीभञ्ज्याङ सानाकिसानबाट सहयोग


0
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ ।

गल्याङ नगरपालिका भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण निधन भएका परिवारका सदस्यलाई तुलसीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाले सहयोग गरेको हो ।

एक कार्यक्रममा संस्थाका संस्थापका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मृतकका परिवारका सदस्यहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीका अनुसार संस्थाका सदस्य रहेका नगरपालिका भित्रका १५ जनाका परिवारलाई जनही दश हजारका दरले सहयोग गरिएको हो ।
संस्थाले परिवारका सदस्यको निधन भएकोमा दुःख व्यक्त गर्दै राहत रकम उपलब्ध गराएको जनाएको छ ।