
काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गर्नुभएको छ ।
सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले पहिलो पटक प्रतिनिधिसभा पुनस्थापनापछि पनि केही काम गर्न नसकेकाले निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गर्नुभयो । उहाँले निर्वाचनको विरोध गर्ने विपक्षीहरूमा जनतासम्म जाने हिम्मत नभएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘विपक्षीहरु कसै संग पनि जनतासम्म जाने हिम्मत देखिएको छैन ।’
दाहालले संसदीय अभ्यासको नाम गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनाधिकृत र असंसदीय अभ्यास सुरु भएको जिकिर गर्नुभयो । निर्लज्ज भएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको उहाँको टिप्पणी छ ।
कोभिड दोश्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम दाहालको दाबी छ । उहाँले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्