१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साउनदेखि दर्ता र नवीकरण गर्ने सवारीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य


0
Shares

काठमाडौं । सरकारले आगामी साउनपछि बागमती प्रदेशमा दर्ता हुने सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ ।

सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

साउनदेखि नयाँ दर्ता र नवीकरण गर्न आउनेलाई इम्बोस्ड नम्बर प्लेट लगाउन लागिएको महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ ।

विभागले अहिले सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरे पनि निजी सवारीका लागि चाहेको खण्डमा लगाउनसक्ने व्यवस्था मिलाएको छ ।