५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


विपक्षीको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित


0
Shares

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ ।

विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो । बैठक सुरु भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षी दल माओवादीका नेता शालिकराम जम्कटेललाई बोल्न समय दिनुभएको थियो ।

जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसँग आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरे पनि सांसदहरूले उठेर अवरोध गरेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

बजेट विनियोजन असन्तुलित भएको भन्दै नेकपा माओवादी, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले शनिबार पनि संसद् अवरुद्ध गरेका थिए । आइतबार पनि बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति नजुट्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।