१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संखुवासभामा पहिरोले घर पुर्यो, ढुङ्गाले लागेर घरधनी घाइते


0
Shares

संखुवासभा । सिलिचोङ गाउँपालिकामा ढुङ्गासँगै आएको पहिरोले एक घर पुरेको छ ।

वडा नम्बर १ को सिसुवामा ढुङ्गासँगै झरेको पहिरोले सिसुवा तेन्छोङका छतिसकुमार राईको घर पुरेको हो । पहिरोमा परि घरमुली राई गम्भीर घाइते भएका छन् ।

आइतबार राति घरमाथिबाट पहिरो झर्न थालेपछि भागेका उनलाई ढुङ्गाल लागेको थियो । घरमा रहेका श्रीमती र नातिनी भने भाग्दा सकुशल रहेको आफन्त सन्तोस कुलुङले बताउनुभयो ।

घाइते राईको स्थानीय स्वास्थ्य इकाइमा उपचार भइरहेको कुलुङले जानकारी दिनुभयो ।