
काठमाडौं । राष्ट्रियसभाका स्वतन्त्र सांसद् डा.खिमलाल देवकोटाले सरकारका धेरै वेबसाइटहरूमा नेपालको पूरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गर्नुभएको छ ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलोपटक बोल्दै देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
सपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको उहाँको भनाइ छ । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरित काम गरेको देवकोटाको टिप्पणी छ ।
देवकोटाले राष्ट्रपतिको यस्तो कदमले संविधानको संरक्षण र सम्वद्र्धन हुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्