
काठमाडौं । राष्ट्रियसभा सदस्य मृगेन्द्र सिं यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरूले छलछाम र जालझेल गर्न थालेको आरोप लगाउनुभएको छ ।
राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै यादवले पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार पारी आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।’
यादवले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखान‘अहंकार से नास होत है, धर्म वैभव वंश, नमानो तो देखलो रावण कौरव कंश’सँग तुलना गर्दै ‘कमौरव वंश’को जस्तो अन्त्य हुने ठोकुवा गर्नुभयो ।
यादव जनता समाजवादी पार्टीको उपेन्द्र समूहमा हुनुहन्छ ।
प्रतिक्रिया दिनुहोस्