२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस नेता कुँवरको निधन


0
Shares

पोखरा । नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य तथा ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधन भएको छ ।

कोभिड–१९ संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवरको कोभिड निको भए पनि स्वास्थ्यमा सुधार आएको थिएन ।

कुँवरको उपचारकै क्रममा शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।