२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युरोकपको सेमिफाइनल आजबाट


0
Shares

एजेन्सी । युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् ।

नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ । युरोकपमा अब बाँकी रहेका सेमिफाइनलका दुई तथा फाइनलको एक खेल बेलायतको लण्डनस्थित वेम्बले रंगशालामा हुनेछ ।

क्वाटरफाईनलमा बेल्जीयमलाई २–१ ले हराउँदै इटाली तथा स्विट्जरल्याण्डलाई टाई ब्रेकरमा हराउँदै स्पेन सेमिफाईनलमा पुगेका हुन् । युरोकप फुटबलको दोस्रो सेमिफाईनल खेलमा भोलि राती इंग्ल्याण्ड र डेनमार्क भिड्नेछन् ।

-हेडलाइन सच्याइएको-सम्पादक