
एजेन्सी । शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र रोजर फेडेरर बिम्वल्डन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
लण्डनमा जारी घाँसे कोर्टको एक मात्र ग्रान्ड स्लाम प्रतियोगिताको चौथो चरणमा चिलीका क्रिस्टियन गारिनलाई पराजित गर्दै जोकोभिचले अन्तिम आठमा स्थान बनाएका हुन् ।
विश्व नम्बर एक समेत रहेका सर्बियन खेलाडी जोकोभिचले गारिनमाथि ६–२, ६–४ र ६–२ को जित निकाले । १९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिच किर्तीमानि २० औं उपाधिको खोजीमा छन् ।
उता स्विस खेलाडी रोजर फेडेरर पनि क्वाटरफाईनलमा पुगेका छन् । चौथो चरणको खेलमा इटालीका लोरेन्जो सोनेगोलाई ७–५, ६–४ र ६–२ को सोझो सेटमा हराउँदै फेडेरर क्वाटरफाईनलमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्