
web pic
काठमाडौं । आज देशभर सामान्यतया मौसम बदली भएर बर्षा हुने सभावना रहेकाे छ ।
प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको मौसम पनि बदली हुनेछ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्